निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्नेको सूचीमा राख्यो
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले 'जेनजी' आन्दोलनसँग सम्बन्धित अनुसन्धान प्रतिवेदनमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
- आयोगले कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवं समर्थकको सूचीमा राखी उनको भूमिकाबारे छानबिन गर्न सिफारिस गरेको छ ।
- राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सार्वजनिक समाचारका आधारमा कार्कीको संलग्नता पुष्टि हुने आधार देखिएको भन्दै आयोगले अनुसन्धानको सिफारिस गरेको हो ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ’जेनजी’ आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर १० मा कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवं समर्थकको सूचीमा राख्दै उनको भूमिकाबारे छानबिन गर्न सिफारिस गरेको हो ।
कार्कीले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपश्चात् सामाजिक सञ्जालमार्फत व्यक्त गरेका धारणा र उनको सक्रियताले आन्दोलनलाई कस्तो दिशा दियो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने देखिएको आयोगको भनाइ छ ।
राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सार्वजनिक भएका समाचारहरूका आधारमा कार्कीको संलग्नता पुष्टि हुने आधारहरू देखिएको भन्दै आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।
आयोगले कार्कीसँगै अन्य अभियन्ता र चर्चित व्यक्तित्वहरूले दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्याउन वा भीडलाई उत्तेजित बनाउन दुरुत्साहन गरे/नगरेको विषयमा गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएको छ ।
यही सूचीमा क–कसलाई राखिएको छ हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण