कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन् ।
कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो ।
क्षेत्रीय द्वन्द्व रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई सङ्केत गरेको विज्ञप्तिमा उल्लेख छ।
“कुनै पनि बहानामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ ।
बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाडी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ ।
उसले इरानलाई आक्रमण रोक्न, स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ।
यसअघि शनिबार कुवेत र बहराइन दुवैले मिसाइल र ड्रोन आक्रमणहरू रोक्ने घोषणा गरेका थिए, जबकि इरानको इस्लामिक रिभोलुसन गार्ड कोर (आईआरजीसी) ले कुवेतको अली अल सलेम एयर बेस र बहराइनमा अमेरिकी सेनाको एकाई ‘फिफ्थ फ्लीट’को मुख्यालयमा आक्रमण गरेको पुष्टि गरेको थियो।
केश्म टापुमा रहेको आईआरजीसीको सञ्चार टावरमा रातिको समयमा भएको अमेरिकी आक्रमणको बदलामा आईआरजीसीले कुवेत र बहराइनमा रहेका दुई अमेरिकी बेसमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको घोषणा गरेको केही दिनपछि तेहरानको यो घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण