प्रहरीको नक्कली परिचयपत्र देखाएर धाकधम्की दिने व्यक्ति पक्राउ
बुधबार, १३ जेठ २०८३, २१ : ५२
सारांश
- काठमाडौँको गौरीघाटबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीलाई धाकधम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
- पक्राउ पर्ने ३४ वर्षीय आशिष सुनुवारले आफू सीआईबीको सहायक हवलदार भएको भन्दै चाबहिल क्षेत्रमा धाकधम्की दिने गरेको आरोप छ ।
- प्रहरी वृत्त गौशालाले सुनुवारमाथि थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीहरुलाई धाक धम्की दिएको आरोपमा प्रहरीले काठमाडौँको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ घर भएर कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने ३४ वर्षीय आशिष सुनुवार छन् ।
आरोपीले सीआईबीको सहायक हवलदार हुँ भनेर चाबहिल क्षेत्रमा होटल व्यवसायी तथा स्थानीयलाई धाक धम्की दिने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । बुधवार पक्राउ परेका सुनुवारमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण