शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

खच्चामा सडक खण्ड अवरुद्ध

बिहीबार, १४ जेठ २०८३, ०५ : ३३
बिहीबार, १४ जेठ २०८३

सारांश

  • हुम्लाको खच्चामा सडक सुख्खा पहिरोले अवरुद्ध भएको छ।
  • यातायात सेवा बन्द हुँदा माथिल्लो हुम्लाका पाँच गाउँपालिका प्रभावित भएका छन्।
  • पहिरो पन्छाउन ठूला उपकरणको खोजी भइरहेको छ।

हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।
माथिबाट खसेको सुख्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटर माथिबाट आएको सुख्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।
पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजी कार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सख्खा पहिरो पन्छाएर सडक खोलीने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन । यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटक पटक उक्त स्थानमा सुख्खा पहिरो खस्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप