शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हात्तीको छावा मृत फेला

बिहीबार, १४ जेठ २०८३, १३ : २८
बिहीबार, १४ जेठ २०८३

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप