नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण
सारांश
- नेपाली सेनाले रोहिणी गाउँपालिकाको राम आधारभूत विद्यालयमा नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेको छ।
- जीर्ण भवनका कारण पठनपाठन प्रभावित भएपछि सेनाले 'शीघ्र प्रभावी योजना' अन्तर्गत यो भवन बनाएको हो।
- नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययनको अवसर प्रदान गर्नेछ।
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गरेका थिए ।
तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा पुराना भवन चर्किएर जोखिमपूर्ण अवस्थामा पुगेपछि नयाँ संरचनाको आवश्यकता परेको बताइएको छ ।
उपरथी विष्टले नेपाली सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधारका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण सुधार हुने तथा बालबालिकाले सहज र सुरक्षित रूपमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि यस कार्यले मैनिहवा क्षेत्रको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण