शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गायक किरण पुञ्जले सञ्चालनमा ल्याए रेकर्डिङ स्टुडियोसहितको म्युजिक स्कुल

आइतबार, १७ जेठ २०८३, १६ : ०८
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । गायक तथा संगीतकर्मी किरण पुञ्जले काठमाडौँको मण्डिखाटारमा रेकर्डिङ स्टुडियोसहितको म्युजिक स्कुल सञ्चालनमा ल्याएका छन् । ‘भाव, सुर र सिर्जनाको नयाँ अध्याय’ स्लोगन राखिएको भाव संगीत विद्यालयको शुक्रबार संगीत गुरू प्रभुराज ढकालले उद्घाटन गरे । 

म्युजिक स्कुलले संगीत शिक्षा मात्र नभई विद्यार्थीहरूलाई रेकर्डिङको प्रक्रियाबारे समेत जानकारी गराउने उद्देश्यले सँगै अत्याधुनिक स्टुडियो पनि खोलेको छ । स्कुलमा गायन तथा वाद्यवादनका कक्षाहरू सञ्चालन गरिने सञ्चालन किरण पुञ्जले बताए । 

‘म्युजिक स्कुल स्थापना गर्नुको उद्देश्य सांगीतिक शिक्षा तथा प्रशिक्षण त छँदैछ । यससँगै एन्थेम्बलको कन्सेप्ट पनि हो,’ संगीत शिक्षक समेत रहेका सञ्चालक किरणले भने, ‘यसले एकअर्काको प्रयासलाई एप्रिएट गर्ने र सुझाव-सल्लाह दिने संस्कारको विकासमा पनि सघाउ पुर्‍याउने छ । म्युजिक स्कुलले सामूहिकताको भावना विकास गराउन योगदान पुर्‍याउने अपेक्षा छ ।‘

Bhav Music School1

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय किरण स्कुलमा संगीत अध्यापन समेत गर्छन् । उनका ‘निर्णय’, ‘प्राप्ति’, ‘हजारौँ रहरहरू’, ‘खुला आँखा र सपना’ लगायत गीत रुचाइएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप