शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेसले गठन गर्‍यो संसदीय दलको कार्यसमिति

सोमबार, १८ जेठ २०८३, ११ : १०
सोमबार, १८ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ ।
  • कार्यसमितिको प्रमुखमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, उपप्रमुखमा अभिषेक प्रताप शाह, कोषाध्यक्षमा डा. शाहजान खातुन र सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् ।
  • १२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् र २ सदस्य मनोनयन गर्न बाँकी छ ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । संसदीय दलको कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन् । उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन् । 

कोषाध्यक्षमा डा. शाहजान खातुन र कार्यसमितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् । 

१२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन् ।

२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।  संसदीय दलको बैठक र सदनमा पार्टीको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यसमितिलाई पूर्णता दिएको कांग्रेस दलले जनाएको छ ।

709706570_1984367715597993_1555016060385579569_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप