शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशमा रासायनिक मल अनुदान निर्देशिका लागू गरिने

सोमबार, १८ जेठ २०८३, १३ : १८
सोमबार, १८ जेठ २०८३

विराटनगर । कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गरिने भएको छ ।

पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए ।

कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री गर्न लागिएको हो । जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक टन रहेको छ ।

वितरण गरिने डिएपी ५० केजी (एक बोरा) को रु दुई हजार २००, युरियाको ५० केजीको रु ७५०, पोटास ५० केजीको एक रु एक हजार ६०० र कृषि चुन ५० केजीको रु ४३० कायम गरि बिक्री गरिने भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप