बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तुलसा अधिकारीको थुनछेक बहस सुरु

बिहीबार, २१ जेठ २०८३, १२ : १७
बिहीबार, २१ जेठ २०८३

सारांश

  • टिकटकर तुलसी अधिकारीको थुनछेक बहस ललितपुर जिल्ला अदालतमा सुरु भएको छ।
  • सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायीको बहसपछि अदालतले थुनछेक आदेश दिनेछ।
  • अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा ६ करोड ५२ लाख बिगोसहित मुद्दा दायर भएको छ।

काठमाडौँ । टिकटकर तुलसाअधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो ।  

सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ ।

प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।

एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप