राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार, २२ जेठ २०८३, १२ : १६
सारांश
- निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने जिम्मेवारी दिन संविधान संशोधन गर्न सुझाव दिएको छ ।
- संविधान संशोधन कार्यदललाई आयोगले यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।
- यसरी राष्ट्रियसभाको गरिमा र निष्पक्षता कायम गर्दै कार्यपालिका र संसद् बिचको समन्वय प्रभावकारी बनाउन सकिने आयोगको ठहर छ ।
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।
नेपालको संविधानको धारा ६७ मा उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ । जसलाई आयोगले संशोधन गरेर ‘राष्ट्रिय सभाको अध्यक्षले उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने’ व्यवस्था गर्न भनिएको छ । यसरी संविधान संशोधन गरिए राष्ट्रिय सभाको गरिमा र निष्पक्षता कायम गर्दै कार्यपालिका र संसद् बिचको समन्वय प्रभावकारी बनाउन सकिने निर्वाचन आयोगको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण