शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

शनिबार, २३ जेठ २०८३, ११ : ५५
शनिबार, २३ जेठ २०८३

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनः सञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो ।

भारी हिमपात भएपछि मङ्सिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए ।

न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो । प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको आवागमन सहज भएको छ । न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवरतर्फ प्रस्थान गर्ने यात्रीको चहलपहल क्रमशः बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप