प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनमा शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।
- मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
- उनले मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउने र विज्ञ तथा सञ्चारकर्मीहरूको सुझावलाई ध्यानमा राखेर काम गर्ने बताइन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् । आइबार मन्त्रालयमा सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन्द्र साहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् ।
मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले आफ्नो मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउने पनि बताइन् ।
मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरूलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताइन् ।
उनले भनिन्, ‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकि हाम्रो मेन टार्गेट भनेको नै सय बुँदा थियो । हामी सम्माननीय ज्युको निर्देशनमा त्यसलाई कसरी कम्पिलिट गर्ने भनेर सबै उतातिर फोकस भयौँ । प्रेस एडभाइजरी हामीले टाइम टु टाइम यसरी मिटिङ राख्नुपर्ने । यसमा हाम्रो ध्यान नै गएन । त्यसका लागि हामी क्षमाप्राथि नै छौँ । यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो ।’
उनले थप भनिन्, ‘हाम्रो प्रवक्ताले यो भनिसक्नुभयो । सम्भव भए पछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्नेछौँ । हजुरहरूको जति पनि गुनासाहरू छ । फिडब्याक र एडभाईसहरु छ । सचिव र सचिवालयले नोट गरेको छ । सुधारका कुराहरू धेरै आएका छन् । हाम्रा कमी कमजोरीहरु, हाम्रा स्ट्रेन्थहरु के छन् ? त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मसात् गर्दै हामी पक्कै अघि बढ्नेछौँ ।’
मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासोहरू पनि सम्बोधन हुँदै जाने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण