कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
सारांश
- नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
- उनले जिल्ला नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।
- अरशदले पार्टीभित्रको अनियमितता विरुद्ध आवाज उठाउँदा घेराबन्दीमा परेको र इमानदार कार्यकर्तालाई सम्मान दिलाउन नसकेपछि राजीनामा दिएको बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका हुन् ।
झन्डै तीन दशक अगाडिबाट कांग्रेसमा सक्रिय वाजिहले जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । अरशदले सभापतिलाई बुझाएको राजीनामा पत्रमा वर्तमान जिल्ला नेतृत्वको पृष्ठभूमि ‘बागी र विद्रोही’ रहेको टिप्पणी गर्दै नेतृत्वले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूलाई विस्थापित गरिरहेको आरोप लगाएका छन् ।
‘पार्टीभित्रको अनियमितता विरुद्ध आवाज उठाउँदा चौतर्फी घेराबन्दीमा परियो, पदमा रहेर इमानदार कार्यकर्तालाई सम्मान दिलाउन नसक्ने भएपछि राजीनामा दिने निर्णयमा पुगेको हुँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण