कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
काठमाडौँ । कम्बोडियामा ६६ जना नेपाली सम्पर्कविहीन भएका छन् । नेपाली राजदूतावास बैंककले आइतबारी जारी गरेको सूचनामा सम्पर्कविहीन भएका उनीहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिएको छ।
विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरिएको थियो।
तर ईमेल, फोन तथा ह्वाट्सएप मार्फत सम्पर्क गर्दा आजसम्म निम्न बमोजिमका नेपाली नागरिकहरूले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ।
तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले तहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको छ।
कानुनी आधार बिना कम्बोडियामा लुकिछिपि बस्ने नेपाली नागरिकहरूले कम्बोडियाको नयाँ कानुनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै दूतावासले सचेत समेत गराएकाे छ।
यी हुन् सम्पर्कविहीन भएकाहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण