रविले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
सारांश
- संघीय संसद्को गतिरोध अन्त्य गर्न रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति सहभागी भएनन् ।
- प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ४ दलका नेतृत्वकर्ता बैठकमा अनुपस्थित रहे ।
- बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी भएनन् ।
काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति/अध्यक्ष सहभागी भएका छैनन् ।
सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण