५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनमा मतदान विवादका कारण स्थगित भएको छ ।
- मध्यरात १:३० बजेबाट सुरु भएको मतदान करिब ५ जनाले गरेपछि भक्तपुरको मतदाता नामावली र उम्मेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो ।
- विवादपछि मतपत्र च्यात्ने, नाराबाजी र हो-हल्ला भएको थियो, जसले गर्दा निर्वाचन कार्यक्रम हालसम्म सुरु हुन सकेको छैन ।
मकवानपुर । रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत मंगलबार राति मतदान सुरु भएको थियो । मध्यरात १:३० बजेबाट सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको थियो ।
निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिका अनुसार एक सभापति पदका लागि ४ जना उम्मेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरी मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार रति १:३० बजेदेखि मतदान सुरु भएको र करिब ५ जनाले मतदान गरे पछि स्थगित गरिएको थियो ।
हेटौँडा-१ स्थित हिमालयन दरबारमा आयोजित अधिवेशनमा दोस्रो सत्रको निर्वाचन प्रकियाको क्रममा भक्तपुरको मतदाता नामावली र उम्मेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो । निर्वाचन क्षेत्र क्लस्टर अनुसारको उम्मेदवारको नामावली छुटेको भन्ने विषयमा विवाद हुँदा कार्यकर्ता तथा मतदाता आक्रोशित भएका थिए । आक्रोशित मतदाता र कार्यकर्ताले मत पत्र च्यात्ने तथा नाराबाजी सहित हो-हल्ला गरेका थिए ।
सो लगत्तै स्थगित गरिएको निर्वाचन कार्यक्रम हालसम्म सुरु हुन सकेको छैन । अधिवेशन स्थलमा आयोजक समिति तथा निर्वाचन समितिका पदाधिकारी देखिएका छैनन् । केही मात्रमा रहेका कार्यकर्ताहरू आयोजक समितिको गैरजिम्मेवारी कारण दु:ख भोग्न परेको भन्ने गुनासो गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
-
अमेरिकी आक्रमणको बदला लिन इरानद्वारा २१ वटाभन्दा बढी सैन्य लक्ष्यमा निशाना
-
राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
-
दाङमा ट्याक्टर र कार ठोक्किँदा ५ जना घाइते
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण