कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
सारांश
- कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्ने भएको छ।
- बैठकमा विभिन्न उपसमितिहरूका संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्नेछन् र प्रस्तावित आचारसंहितामाथि छलफल हुनेछ।
- यसका अतिरिक्त, बैठकले थप उपसमितिहरूको गठन, जिम्मेवारी निर्धारण र समसामयिक राजनीतिक अवस्थाबारे निर्णय लिनेछ।
काठमाडौँ । कांग्रेस नीति, अनुसन्धान अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्नेगरि समय परिवर्तन गरिएको जानकारी दिए ।
बैठक पार्टीको केन्द्रीय कार्यालय विपि स्मृति भवन सानेपामा बस्ने छ ।
उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा प्रतिष्ठानले तयार पारेको प्रस्तावित आन्तरिक आचारसंहितामाथि समेत विस्तृत छलफल हुने बताइएको छ । पार्टीको आन्तरिक पद्धतिलाई थप व्यवस्थित बनाउन ल्याइएको सो आचारसंहिताका विषयमा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।
यसका साथै बैठकले थप उपसमितिहरूको गठन र तिनीहरूको जिम्मेवारी निर्धारण गर्ने विषयमा समेत निर्णय लिनेछ । प्रतिष्ठानको कामलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न क्षेत्रगत जिम्मेवारी बाँडफाँट गर्ने तयारी कांग्रेसले गरेको छ ।
बैठकका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था र विविध साङ्गठनिक विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
-
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको रवाफ : परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका मेस्सीको सनसनीपूर्ण प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण