आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

आइतबार, ३१ जेठ २०८३, ०५ : ५४
आइतबार, ३१ जेठ २०८३

काठमाडौँ। न्यूयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए ।

२४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलले खेलको सुरुवातमै झड्का व्यहोरेको थियो । २१ औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै अफ्रिकी टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, ब्राजिलले खेलमा फर्कन धेरै समय लगाएन । ३२ औँ मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै थप गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन् । नेयमारको अनुपस्थितिमा भिनिसियसले आक्रमणको नेतृत्व सम्हाले पनि ब्राजिलले मोरक्कोको बलियो घेरा तोड्न सकेन ।

सन् २००२ पछि पहिलो पटक विश्वकप ट्रफी उचाल्ने अभियानमा रहेको ब्राजिलका लागि यो बराबरी चुनौतीपूर्ण सुरुवात मानिएको छ। फिफा वरीयताको छैटौँ स्थानमा रहँदै विश्वकप सुरु गरेको ब्राजिलले समूह चरणकै सबैभन्दा कठिन मानिएको मोरक्कोविरुद्धको खेलबाट १ अंक बटुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप