‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
सारांश
- हास्य कलाकार नारायण त्रिपाठी ‘चमेलीको पोइ’ फिल्मबाट डेढ दशकपछि पुनः दर्शकमाझ आउँदैछन् ।
- फिल्मको सार्वजनिक पोस्टरमा त्रिपाठीलाई विचित्र अवस्थामा, अनुहारमा चोट लागेको र अर्धनग्न देखाइएको छ ।
- अगस्त ९ मा अमेरिकाको टेक्सास र असोज १६ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने फिल्मको कथा निर्देशक एभरेस्ट सूर्य बोहराकै हो ।
काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म हो ‘चमेलीको पोइ’ । आगामी असोज १६ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको हास्य कलाकार नारायण त्रिपाठीको लुक्स सार्वजनिक गरिएको छ ।
एक पोस्टर मार्फत सार्वजनिक लुक्समा त्रिपाठीलाई विचित्र अवस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशक अघिसम्म फिल्म अभिनयमा निकै व्यस्त थिए । अमेरिका भासिएपछि हराएका उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।
हास्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अवस्थामा छन् । उनको मुहारमा लात्ती मुक्का बज्रिएर लागेको चोटका निशानीहरू देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागिरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
फस्र्टलुक पोस्टरबाटै दर्शकको ध्यान खिचेको फिल्मको अहिलेको पोस्टरमा त्रिपाठीको अर्धनग्न स्वरुपका साथमा फिल्मका प्रमुख कलाकार–सुरक्षा पन्त,मुकुन भुसाल, विल्सन विक्रम राई, रामनारायण उपाध्याय, सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ । यीबाहेक फिल्ममा प्रेमदेव गिरी, रवीन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम,धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह,रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।
प्रदर्शनमा आउनु केही साताअघि अर्थात ९ अगस्तमा अमेरिकाको टेक्सासमा बिशेष शो आयोजना गर्न लागिएको छ । फिल्मको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवं अधिकारीले सघाएका छन् । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय विक्रम राणा,रितु मल्ल ठकुरी र कपिल आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर हुन् ।
सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौँमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण