फिफा विश्वकप २०२६
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
शनिबार, १३ असार २०८३, १० : ०२
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी'को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ।
- क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलको ५०औँ मिनेटमा लियान्द्रो ट्रसयार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए।
- यसअघि ट्रसयार्डले २८औँ मिनेटमा पनि गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलको ५०औँ मिनेटमा लियान्द्रो ट्रसयार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए। हान्स भानाकेनको पासमा ट्रसयार्डले सहज रूपमा गोल गर्दै बेल्जियमलाई थप बलियो अवस्थामा पुर्याएका हुन्।
यसअघि ट्रसयार्डले २८औँ मिनेटमा पनि गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै अर्को गोल थपेपछि बेल्जियम नकआउट चरणको दौडमा मजबुत देखिएको छ।
यता समूह ‘जी’को अर्को खेलमा इजिप्ट र इरान १–१ को बराबरीमा छन्। दुवै खेलको नतिजाले समूहबाट अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुंगो लगाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण