आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

शिव परियारको ‘यो मन अल्लारे’

शनिबार, १३ असार २०८३, १४ : ५३
शनिबार, १३ असार २०८३

काठमाडौँ । गायक शिव परियारले नयाँ गीत ‘यो मन अल्लारे’ ल्याएका छन् । डान्सिङ शैलीको यो रोमान्टिक गीतमा राजु थापाको शब्द रचना छ भने संगीत शिवले नै गरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज छ । 

‘उमेर मात्र अंक हो’ भन्ने अर्थलाई युवा-युवती प्रेमाकर्षणको भावबाट रमाइलो ढंगमा भिडियोमा प्रस्तुत गरिएको छ । विवेक मगरले निर्देशन गरेको भिडियोमा मनोज महर्जन, प्रतीक्षा थापा र गायक शिव परियार फिचर्ड छन् । 

अरुण राईले कोरियोग्राफी गरेको भिडियोको छायांकन योदिन योन्जन र सम्पादन तथा कलर संयोजन निर्देशक विवेक मगरले नै गरेका हुन् । गत साता मात्रै शिवले ‘दिल परानी’ गीत र ‘माया’ गजल सार्वजनिक गरेका थिए ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप