फिफा विश्वकप २०२६
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
आइतबार, १४ असार २०८३, ०८ : ०६
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' मा जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले १९औं मिनेटमा जियोभानी लो सेल्सोको गोलबाट १-० को अग्रता बनाएको छ।
- अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो।
- प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिए पनि अर्जेन्टिनाले आक्रामक लय कायम राखेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ।
खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो, जसको फलस्वरूप पहिलो गोल निकाल्न सफल भयो।

प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिँदै बेन्चमा राखे पनि अर्जेन्टिनाले आक्रामक लय कायम राखेको छ।

समूह ‘जे’ को अर्को खेलमा अल्जेरिया र अस्ट्रियाबीचको प्रतिस्पर्धा जारी छ। उक्त खेलको नतिजाले नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण