ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
आइतबार, १४ असार २०८३, ०८ : ३०
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै, स्थानीयवासीमा उत्साह
-
हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ : मुख्यमन्त्री शाह
-
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण