फिफा विश्वकप २०२६
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
आइतबार, १४ असार २०८३, ०९ : ०६
सारांश
- खेलको ५५औँ मिनेटमा मुसा अल तामारीले गोल गर्दै जोर्डनले अर्जेन्टिनाविरुद्धको अन्तर २-१ मा झारेको छ।
- अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले पहिलो हाफमै गोल गरेका थिए।
- समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको अर्जेन्टिना अझै २-१ ले अगाडि छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जारी खेलमा जोर्डनले दोस्रो हाफको सुरुमै गोल फर्काउँदै साविक विजेता अर्जेन्टिनाविरुद्धको अन्तर घटाएको छ।
डलास स्टेडियममा जारी खेलको ५५औँ मिनेटमा मुसा अल तामारीले एहसान हद्दादको पासमा गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका हुन्। यससँगै स्कोर २–१ भएको छ।
यसअघि अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए।
जोर्डनले दोस्रो हाफ आक्रामक रूपमा सुरु गर्दै चाँडै गोल निकालेपछि खेल थप रोमाञ्चक बनेको छ। यद्यपि, यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना अझै २–१ ले अगाडि रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण