आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

आइतबार, १४ असार २०८३, ११ : २४
आइतबार, १४ असार २०८३

सारांश

  • प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।
  • नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधमा भाग लिएका थिए ।
  • सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका छन् ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रैसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप