नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न
सारांश
- नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजनामा 'न्युरोअन २०२६' नामक अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन सम्पन्न भएको छ ।
- सम्मेलनमा मस्तिष्क ट्युमरको निदान, शल्यचिकित्सा तथा उपचारमा भएका पछिल्ला वैज्ञानिक प्रगति, आधुनिक प्रविधि तथा बहुविषयगत उपचार प्रणालीबारे अनुभव र अनुसन्धान प्रस्तुत गरियो ।
- सम्मेलनमा न्युरोसर्जरी तथा न्युरो-अन्कोलोजी क्षेत्रमा योगदान पुर्याएका भारत र नेपालका विशेषज्ञहरूलाई सम्मान गरियो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन 'न्युरोअन २०२६' सम्पन्न भएको छ ।
यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विशेषज्ञहरूले मस्तिष्क ट्युमरको निदान, शल्यचिकित्सा तथा उपचारमा भएका पछिल्ला वैज्ञानिक प्रगति, आधुनिक प्रविधि तथा बहुविषयगत उपचार प्रणालीबारे आफ्नो अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।
सम्मेलनको पहिलो दिन न्युरोनेभिगेसन, कनेक्टोमिक्स, इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङ लगायतका अत्याधुनिक प्रविधिमा केन्द्रित व्यावहारिक कार्यशालाहरू सञ्चालन गरिएका थिए। दोस्रो दिन आयोजित वैज्ञानिक सत्रहरूमा मस्तिष्क ट्युमर उपचारका नवीनतम प्रविधि, चुनौती तथा भविष्यका सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।
सम्मेलनका अवसरमा न्युरोसर्जरी तथा न्युरो–अन्कोलोजी क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै भारतका प्रा.डा. वी. राजशेखर, प्रा.डा. सुरेश नायर तथा नेपालका प्रा.डा. गोपालरमण शर्मा, प्रा.डा. प्रकाश बिष्ट, प्रा.डा. बसन्त पन्त, प्रा.डा. पवनकुमार सुल्तानिया र स्व. प्रा.डा. उपेन्द्रप्रसाद देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्तकुमार चौधरीले नेपालमा मस्तिष्क ट्युमर उपचारलाई अझ प्रभावकारी, आधुनिक र गुणस्तरीय बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै 'न्युरो–अन २०२६' यस दिशामा एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।
आयोजक अध्यक्ष प्रा. डा. राजीव झाले सम्मेलन सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सहभागी, सहयोगी संस्था तथा आयोजक टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता शैक्षिक कार्यक्रमले नेपालमा न्युरो-अन्कोलोजी सेवाको विकास, विशेषज्ञबीचको सहकार्य तथा बिरामी उपचारको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण