वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा
काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ५३२ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका छन् ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आबिस्कारक– विकल्प ढुंगाना, लेखिका– दीपशिखा घिमिरे, सामाजिक अभियन्ता–प्रशंशा के.सी, उद्यमी –सौगात तिवारी, इकोप्रेनेर – सुदर्शन सुबेदी र सामाजिक उद्यमी–स्वोर्निम श्रेष्ठ रहेका छन् ।
वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर –किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम भएको आयोजकको भनाइ छ ।
अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ । ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै