आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज ११ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
- ठुला नदीमा तत्काल ठुलो सङ्कट नदेखिए पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका साना नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।
- यो जोखिम आगामी दुई दिनसम्म अझ बिस्तार भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता देशका प्रमुख नदीहरू तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।
ठुला नदीमा तत्काल ठुलो सङ्कट नदेखिए पनि साना नदी तथा खोलाहरूमा भने बहाव तीव्र रूपमा बढ्ने सम्भावना छ। आज विशेष गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र ती आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको 'मध्यम जोखिम' रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ।
यो जोखिम आगामी दुई दिनसम्म अझ बिस्तार हुने महाशाखाको पूर्वानुमान छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरैजसो स-साना नदीहरूमा बहाव अचानक बढ्न सक्नेछ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही साना नदी तथा खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा साना नदी किनारका बस्तीहरूले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण