आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा तीन दर्जन यात्रु बोकेको डुंगा दुर्घटना

शनिबार, ०९ भदौ २०७५, २० : ४२
शनिबार, ०९ भदौ २०७५

राैतहट–रौतहटको  टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ ।

करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा साँझ ७ बजे वारिपारी गर्ने क्रममा दुर्घटना भएको हो । 

दुर्घटनामा परेका मध्ये १० जना पौडी खेलेर बाच्न सफल भएको र ५ जनालाई स्थानीय र प्रहरीले उद्दार गरेको  रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । 

अन्य बेपत्ताको खोजीका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको रिजालले जानकारी दिए । 

पछिल्लो केहि दिनदेखि लालबकैया नदीमा बाढी आउँदा पानीको बहाव उच्च छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप