बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डमाथि दाङमा म्यादी प्रहरी हत्याको आरोप

बिहीबार, २१ भदौ २०७५, १५ : ००
बिहीबार, २१ भदौ २०७५

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ । 

नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गरी मंसीर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निबासी २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरीको ज्यान गएपछि विश्कर्माका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

‘प्रहरीको प्रतिवेदनमा  विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने ‘उनबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो ।’ 

घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई  तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित बनाउने छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबै भन्दा ठूलो मुद्दा हो । विश्कर्मामाथि लागेको आरोपको सबै प्रमाण ईलाका प्रहरील कार्यालय तुलसीपुरले जुटाउने छ । 

विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचिमा परेका विश्वकर्मालाई मकवानपुरको हेटौंडाबाट काठमाडौं फर्कने क्रममा २३ साउनमा दक्षिणकालीबाट प्रहरीले पक्राउ गरेको थियो । 

विश्वकर्मालाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पु¥याइँदै आएको छ । काठमाडौँदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले अदालतका विभिन्न पटकका आदेश हुनासाथ विश्वकर्मालाई पक्राउ गरी काभ्रेपलाञ्चोक, नुवाकोट हुँदै भोजपुर पु¥याएको थियो । भोजपुरबाट पनि छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङको यात्रा गराएको छ ।

विश्वकर्माविरुद्ध भोजपुरमा तीनवटा मुद्दा दर्ता थियो । दुई मुद्दामा २५÷२५ हजार र बाँकी एक मुद्दामा १० हजार गरी ६० हजार धरौटीमा उनलाई रिहा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप