प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढ्योः माधव नेपाल
रौतहट – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढेको बताएका छन् ।
हिन्दूको धर्मावलम्बीको पर्व दशैंको अवसरमा चन्द्रनिगाहपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका उनले अराजकतन्त्र मौलाएकै कारणले एकले अर्कालाई अटेर्ने अवस्था सिर्जना भएको बताए ।
देशमा घुसखोरी र जनताको काममा ढिलासुस्ती गर्नेजस्ता प्रवृत्ति बढेको भन्दै नेता नेपालले त्यसप्रति खवरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
मुलुकको बेहाल अवस्था आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै उनले सक्रियतापूर्वक जनताको पक्षमा काम गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे ।
कार्यक्रममा संसदको विकास तथा प्रविधि समिती सभापति कल्याणी खड्का, सांसद सरला यादव, नेकपाका केन्द्रिय सदस्य समिर भटराईलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण