प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुनुपर्छः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
यो वर्ष हामी करः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मूल नाराका साथ साताव्यापी रुपमा कर दिवस मनाइँदैछ ।
प्रधानमन्त्रीले कर दिवसले सम्पूर्ण नेपालीलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न प्रोत्साहित गरोस भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिंदैन् । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन् ।
यो आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिवध्द यो सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘चालू आर्थिक वर्ष २०७५—७६ को असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धी हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृध्दि हुन गएको देखिन्छ । यही अवधिमा आम्दानी करको संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउने छ र समृध्द नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प अवश्य पूरा गरिनेछ ।’
प्रधानमन्त्रीले वर्षौदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै अब स्रोतको प्रभावकारी परिचालन गदै आर्थिक वृध्दि दरलाई तीव्र र दीगो बनाउन राज्यका सबै संरचनाहरुको परिचालन हुनै पर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले सरकार आय आर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगेको पनि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण