जब नेपाल र युएईको क्रिकेट खेल हेर्न बालबालिका नि पुगे (फोटोफिचर)
काठमाडौं । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको छ ।
युएईविरुद्ध जारी दोस्रो एकदिवसीय क्रिकेटमा रोहित पौडेलले अर्धशतक पुरा गरेसँगै उनले ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए ।
यो सँगै युएईमा जारी नेपाल र युएईबीचको एकदिवसीय क्रिकेट खेल हेर्न क्रिकेट मैदानमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । खेल हेर्न भर्खरका बालबालिकादेखि युवायुवतीहरुको बाक्लो उपस्थिति रहेको छ ।
समर्थकका रुपमा नेपाली क्रिकेट प्रेमीहरु रंगशालामा नेपाली राष्ट्रिय झण्डा लिएर नेपाली क्रिकेट टोलीलाई सपोर्ट गरिरहेका छन् ।
खेलाडीहरुको अब्बल प्रदर्शनका साथ साथै नेपाली क्रिकेट प्रशंसकहरुको संयमित तथा उत्साहाजनक साथ पाएको नेपाली टोलीलाई प्रशंसकहरुले बधाई समेत दिएका छन् ।
शुक्रवार भएको पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीले आज केही खेलाडी परिवर्तन गरेको थियो ।