आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नगर प्रमुख नै अनियमितामा संलग्न रहेको उपप्रमुखको आरोप

मङ्गलबार, २२ माघ २०७५, १२ : ४४
मङ्गलबार, २२ माघ २०७५

 रौतहट– रौतहटको फतुआ बिजयपुर नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतको मिलोमतोमा करोडौं रुपैयाँ अनियतिता भईरहेको उपमेयर कान्तिदेवी महतोले आरोप लगाएकी छन् ।
उपमेयर महतोले पत्रकार सम्मेलन गरेर नगरप्रमुख गोपाल यादव र प्रशासकीय अधिकृत सागरकुमार रोक्काले करोडौं रकम अनियमिता गरेको दावी गरेकी हुन् ।

मेयर यादव र अधिकृत कार्कीले नगरपालिका अन्तरगतको लालबकैया नदीमा बालुवा निकाल्ने टेण्डर रद्ध गरी आफना मानिस खटाएर दैनिक लाखौं रुपैयाँ असुली गरेर भ्रष्टाचार गरेको उपमेयर महतोको आरोप छ । 

दुई महिना अघि नगरपालिकाले लालबकैया नदीको टेण्डर आव्हान गरेको थियो । जसमा गुगल कन्सट्क्सनले रु दुई करोड ९९लाखको फर्म भरेको थियो ।

उक्त टेण्डर गुगल कन्सट्क्सनलाई दिने कार्यपालिका बैठकले लिखित निर्णय नै गर्यो । तर, मेयर यादवले बिभिन्न बखेडा झिकेर टेण्डर रद्ध गर्न लगाइ गिटी,बालुवाबापत दैनिक लाखौं रुपैयाँ लिएर अनियमितता गरिरहेको उपमेयर महतोको भनाई छ । 

टेण्डर रद्ध गरेर लालबकैयामा गिटी,बालुवाको रकम असुली गर्न पुर्व सांसदका गाडी चालकसहित मेयरका आधा दर्जन मानिसलाई खटाएको उपमेयर महतोले बताइन् । 

त्यसैगरी नगरपालिकाको एउटा कार्यालय हुँदाहुँदै कार्यपालिकाको निर्णयबिनै घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको उपमेयर महतोले खुलासा गरेकी छन् । 

फतुआ बिजयपुर नगरपालिकाको कार्यपालिकामा रहेका २१ जना सदस्यमध्ये उपमेयरसहित आठ जना वडाअध्यक्ष र आठ सदस्य गरी १७ जना एकतर्फ रहेका छन् भने मेयरसहित तीनजना वडा अध्यक्ष अर्कोतर्फ रहेका छन् ।

तर, बहुमतले भएका निर्णयलाई समेत मेयर यादवले कार्यान्वयन नगर्ने गरेकोे गुनासो उपमेयर महतोको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप