आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच लाख घुस प्रकरण : ‘श्रीमान्’लाई पनि कारवाहीको तयारी, न्यायपरिषद्मा तानिए न्यायाधीश बानियाँ

शुक्रबार, २५ माघ २०७५, १४ : १४
शुक्रबार, २५ माघ २०७५

घुस लिएर मुद्दाको फैसला गर्ने गरेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ न्याय परिषद्मा तानिएका छन् । 

माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेन न्यायाधीशको निर्देशनमा गरेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका हुन् । 

अख्तियारको हिरासतमा रहेका चालिसेले सेवाग्राहीसँग घुस रकम लिन न्यायाधीश बानियाँले निर्देशन दिएको बयान दिएका थिए । 

त्यसो त यसअघि चालिसेले आरोपीबाट घुस रकम लिने समयमा गरिएको कल रेकर्डमा पनि ‘आफ्ना लागि जम्मा १०–२० हजार र बाँकी सबै रकम ‘श्रीमान्’को लागि भएको बताएका थिए ।’  

चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीशको निर्देशनमा न्याय परिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो । माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको हो ।  

रातोपाटीले माघ १८ गते नै ‘घुस खाने न्यायाधीश, पक्राउ पर्ने सुब्बा !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

हेर्नुहोस् रातोपाटीमा माघ १८ गते प्रकाशित समाचार
 

घुस खाने न्यायाधीश, पक्राउ पर्ने सुब्बा

न्याय सम्पादनमा गलत काम गरेको भन्दै प्रधानन्यायाधीश राणाले यसअघिनै ७ जना न्यायाधीशमाथि कारवाही सुरु गरिसकेका छन् । 

न्यायालय सुधार र अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने  घोषणा गरेका राणाले न्यायाधीशमाथि एक्सन लिने क्रम तीब्र बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप