बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि
काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ पटक उपाधि जितेको हो ।
शनिबार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।
रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङह्याम र जोसेलुले एक–एक गोल गरे । इंग्लिस मिडफिल्डर बेलिङह्यामले यो सिजन २६ लिग खेलमा १८ औँ गोल गर्न सफल भए ।
यता कार्लो एन्चेलोचटीले रियलसँग दोस्रो पटक लिग उपाधि जित्न सफल भए । उनले यसअघि सन् २०२१–२२ सिजनमा पनि लिग उपाधि हात पारेका थिए । एन्चेलोटीले स्पेनसहित इटाली, जर्मनी, फ्रान्स र इंग्ल्याण्ड पनि लिग उपाधि जितेका छन् ।
रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण