विवाह गरेको दुई महिना नबित्दै २१ वर्षीयाको हत्या, श्रीमान् र सासु प्रहरी नियन्त्रणमा
सिरहा – सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।
गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।
केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाए ।
सासु तारादेवी मण्डल एवं श्रीमान् रामरेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी अनुसन्धानको लागि लगिएको छ ।
शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्
जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चनको उपचारका क्रममा मृत्यु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण