अन्तर्राष्ट्रिय फेसन शो ‘डेब्यु २०१९’ हुँदै
काठमाडौं–राजधानीमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन शो आयोजना हुने भएको छ ।
नेपालमै पश्चिमा तथा रेडिमेड पहिरन उत्पादन गरी देश तथा विदेशका २१ मुलुकमा निर्यात गर्दै आएको कम्पनी कासा प्रालिले फेसन शोको आयोजना गर्न लागेको हो ।
यही भदौ १३ गते पाटन दरबार संग्रालय परिसरमा आयोजना हुने फेसन शो ‘नेपाल भ्रमण वर्ष २०२०’लाई मध्यजनर गरेर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपाल र अन्तराष्ट्रिय जगतमा भित्रिएको फेसनको जानकारीका साथै नेपाली डिजाइन र डिजाइनरको प्रचारको लागि फेसन शो महत्वपूर्ण हुने कार्यक्रममा आयोजक संस्था कासाकी प्रमुख रमिला नेमकुलले बताइन् ।
नेपाललगायत अन्तराष्ट्रिय जगतका ख्यातिप्राप्त मोडलले र्याम्प नाप्ने फेसन शोमा नेपालका तर्फबाट मिस नेपाल २०१८का ४ विजेताहरु श्रृखला खतिवडा, मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य, मिस नेपाल सुप्रानेसनल २०१८की महिमा सिंह, मिस नेपाल वल्र्ड २०१६ अस्मि श्रेष्ठ, २०१७ निकिता चण्डक, एशियन टप मोडल तथा किंगफिगर मोडल आस्था पोखरेल, इन्डियाज नेक्स्ट टप मोडल सविता कार्की, सन्दिपा लिम्बु लगायतको सहभागीता रहने छ ।
आस्था पोखरेल र मिलन लामा अफिसियल कोरियोग्राफर रहेको कार्यक्रममा फिनल्याण्डकी मोडल एनी कुकोहोभी, इण्डोनेशियाकी मोडल, अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्भिया २०१८ मेल्बा इमान्युलाकाका साथै मिस अर्थ इन्डिया २०१८की निशी भारद्धाज र मिस एसिया तथा भारतीय मोडल रेवती क्षेत्रीको समेत शोमा सहभागीता रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरानले युनाइटेड छाड्ने
-
रोकपछि इजरायललाई पुनः एक अर्ब डलरको हतियार पठाउने अमेरिकी तयारी
-
एनसेलद्वारा आकर्षक योजनाको घोषणा, अब ग्राहकले मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने
-
सन्दीपको मुद्दामा बहस लम्बियो , समय छोट्ट्याउन न्यायाधीशको अनुरोध
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो