भरानले युनाइटेड छाड्ने
म्यानचेस्टर । फ्रान्सेली डिफेन्डर राफायल भरानले यो सिजनको अन्त्यमा म्यान्चेस्टर युनाइटेड छाड्ने भएका छन् । ३१ वर्षीय खेलाडीले सन् २०२१ को जुलाईमा रियल मड्रिडबाट युनाइटेड आइपुगेका थिए ।
त्यतिबेला क्लबले उनका लागि ३.४ करोड पाउन्ड खर्च गरेको थियो । भरानले क्लबका लागि ९३ खेल खेलेका छन् ।
सन् २०२३ मा उनले क्लबसँग काराबाओ कपको फाइनल जितेका थिए । त्यतिबेला टेन हागको टोलीले न्युक्यासललाई हराएको थियो । युनाइटेडले एक विज्ञप्ति जारी गर्दै उनको भविष्यका लागि शुभकामना दिएको छ ।
भरानले रियलमा रहँदा तीनवटा लिग उपाधिको साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनलाई तत्कालीन म्यानेजर ओली गनर सोल्कसायरले युनाइटेडमा भित्र्याएका थिए ।
सन् २०१८ मा फ्रान्ससँग विश्वकपको उपाधि जितेका उनले सन् २०२३ को फ्रेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । उनी गत अप्रिलदेखि घाइते हुँदै मैदानबाहिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण