अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार शुल्क पनि समावेश गरेको जनाएको हो ।
ह्वाइट हाउसले अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले यो वृद्धि गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ। विश्लेषकहरू यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले लागू गरिएको बताउँछन् ।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने बताइको छ । विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । जबकि सोलार सेलमा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याइएको छ ।
त्यसै गरी केही स्टिल तथा आल्मुनियमका उत्पादनको महसुल दर ७।५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।
जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमले ‘द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने’ बताएको छ। मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित