अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार शुल्क पनि समावेश गरेको जनाएको हो ।
ह्वाइट हाउसले अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले यो वृद्धि गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ। विश्लेषकहरू यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले लागू गरिएको बताउँछन् ।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने बताइको छ । विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । जबकि सोलार सेलमा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याइएको छ ।
त्यसै गरी केही स्टिल तथा आल्मुनियमका उत्पादनको महसुल दर ७।५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।
जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमले ‘द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने’ बताएको छ। मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण