ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिप : एपीएफ क्लबको लगातार तेस्रो जित
काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको बुधबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सफलता हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा एपीएफ क्लबले ललितपुर मेयर–११ टोलीलाई आठ विकेटले पराजित गर्यो ।
जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार तेस्रो जित हो । यसअघि एपीएफ क्लबले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले र दोस्रो खेलमा बागमती प्रदेशलाई आठ विकेटले पराजित गरेको थियो । एपीएफ क्लब ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
ललितपुर मेयर–११ को भने यो दोस्रो हार हो । ललितपुर मेयर–११ ले यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई सात विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने ललितपुर मेयर–११ टोली सुदूरपश्चिम प्रदेशसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १६ रनले पराजित भएको थियो ।
ललितपुर मेयर–११ टोली दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । हालसम्म दुई खेल खेलेको सुदूरपश्चिम प्रदेश चार अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको ललितपुर मेयर–११ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले ९.५ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
एपीएफ क्लबको जितमा कप्तान सीता रानामगरले अर्धशतकीय पाली खेलिन् । ओपनर सीताले केवल ३५ बलको सामना गरी आठ चौकाको मद्दतले ५० रन बनाइन् । अर्की ओपनर ममता चौधरीले पनि १६ रनको योगदान गरिन् । उनले २१ बलमा एक चौका प्रहार गरिन् ।
ईन्दू बर्मा र रोमा थापा एक–एक रनमा अविजित रहे । ललितपुर मेयर–११ की बलर कृतिका मरासिनीले दुई विकेट लिइन् । नेपालले अतिरिक्त रुपमा चार रन पाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको ललितपुर मेयर–११ का लागि कप्तान पूजा महतोले २४ रन बनाएकी थिइन् । ओपनर पूजाले ३९ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।
ज्योत्सनिका मरासिनीले पनि टोलीको खातामा २१ रन बनाइन् । ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किनुअघि उनले ३९ बलमा एक चौका पनि प्रहार गरिन् ।
सरस्वती कुमारीले नौ, कुशुम गोदारले चार, किरण कुँवरले चार, सरस्वती जीएमले तीन र सिमाना केसीले अविजित एक रन बनाए । ललितपुर मेयर–११ ले अतिरिक्त रुपमा पाँच रन पायो । एपीएफका बलर रेखा रावल र सीता रानामगरले एक–एक विकेट लिए । सीता रानामगर प्लेयर अफ दी म्याच पनि घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण