अवैधरूपमा बालुवा निकासी गर्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
बालुवा लिएर आउँदै गरेको अवस्थामा प्रहरीले ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५, ना५त ६६८३, को२त १३८४ र को१त ३८१२ नम्बरको ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।
स्थानीयवासीले दिएको सूचनाको आधारमा बालुवा निकासी गर्ने ट्र्याक्टर र चालकलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएको हो ।
रावाबेँसी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्र्याक्टर रु ५०० राजश्व बुझाएको रसिद हुँदाहुँदै प्रहरीले बालुवा नियन्त्रणमा लिएको निकासीकर्ताले आरोप लगाएका छन् ।
जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौको बीचमा ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न नपाइने नेपाल सरकारको नियमानुसार ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टरलाई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन समितिलाई बुझाइएकोे छ । सातमध्ये एक ट्र्याक्टर भने प्रहरी चौकी नुनथलाकै नियन्त्रणमा राखिएको जनाइएको छ ।
ट्र्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ । वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्र्याक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् अनुगमन समितिका संयोजक बबि चाम्लिङले बताए ।
जिल्लाको दूधकोशीको रभुँवाघाट, जयराम, लुलीमा, हात्तीटार, सुनकोशीको बतासेघाट, फोक्सिङटारलगायतका क्षेत्रबाट वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी अनियन्त्रित तरिकाले दैनिक ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । रावाखोला, साप्सुखोलाका विभिन्न खोलाबाट समेत गिट्टी, बालुवा निकासी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल