एकाबिहानै देउवा भेट्न बूढानीलकण्ठ पुगे योगेश भट्टराई, मन्त्रालयको कामबारे ब्रिफिङ
शनिबार, १४ भदौ २०७६, १२ : ०४
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए ।
सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् ।
भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए ।
आफूले जानकारी गराउँदै गर्दा देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण