राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन, ५ देशका पाहुना सहभागी
काठमाडौं– काठमाडौंमा परम्परागत रुपमा मनाईने इन्द्रजात्रा मनाइएको छ । काठमाडौंको वसन्तपुरमा मनाइएको सो जात्राको राष्ट्रपति विद्या भण्डारीले अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारी दिउँसो ४ बजेतिर बसन्तपुर पुगेर जात्राको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका थिए ।
जात्रामा पहिलोपटक विदेशी पाहुनाहरु समेत सहभागी भएका छन् । जात्राको अवलोकनका लागि चीन लगायतका ५ देशबाट आएका पाहुनाहरुको सहभागिता रहेको थियो । अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी थिए । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने शुक्रबारै नेपाल आएका कारण पछि मात्रै सहभागी थिए ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार ९बिकमा बहाः०, थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रमा टुंगिएको थियो ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?