निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने
काठमाडौं – नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो ।
उक्त निर्णय आज अर्थात् असोज १ गतेदेखि नै लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको जनाएको छ ।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउनेछन् ।
ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना