महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै
संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।
विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्वपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् । केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।
संघीय संसद्ले चौथो अधिवेशनमा संघ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित ग¥यो । दुईवटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा