सी र मोदीबीच दोस्रो पटक अनौपचारिक भेटवार्ता हुने
बुधबार, २२ असोज २०७६, १८ : ०१
काठमाडौं – चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिङपिङ आगामी शुत्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो पटक अनौपचारिक वार्ताका लागि तमिलनाडुको मामल्लापुर जाने भएका छन् ।
भेटवार्ताका क्रममा कुनै सम्झौता र एमओयुमा हस्ताक्षरको नहुने जनाइएको छ । उनीहरुबीच आतंकवाद, सीमा सुरक्षा लगायतकाबारे कुराकानी हुनेछ ।
यसअघि गत अप्रिलमा मोदी र सीबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भएको थियो । सी विदेशमन्त्री र पोलिटब्युरो सदस्यसहित भारत जानेछन् । मोदीसँगको अनौपचारिक भेटवार्तापछि सी नेपाल आउने छन् ।
सी अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्ने कार्य तालिका रहेको छ ।
photo-bhaskar.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम