शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा भदौ दुई गते निर्वाचन

बुधबार, ३२ साउन २०७४, ०७ : ५२
बुधबार, ३२ साउन २०७४

कपिलवस्तु - जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन भदौ २ गते हुने भएको छ । चुनावमा कांग्रेस र एमालेले छुट्टा छुट्टै प्यानल बनाएर भिड्ने भएका छन् ।

जिल्ला समन्वय समितिको चुनावका लागि नेपाली कांग्रेस, २ स्वतन्त्र र माओबादी केन्द्र तथा एमाले र संघीय समाजबादी फोरम नेपालको प्यानल बनेको हो ।

यो संगै ९ पदका लागि १७ जनाको उम्मदेवारी दर्ता भएको छ । 

-समितिको संयोजकमा कांग्रेसबाट नारायण खनाल र एमालेबाट नेत्रराज गिरिको मनोनयनपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृत बिश्व मंगल आत्रेयले बताए ।
-उप—संयोजकमा कांग्रेसकी तारावती कुमारी चौधरी तथा संघीय फोरमका संदीप कुमार पाण्डेय उम्मेद्वार छन् ।
-महिला सदस्यमा कांग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु तथा संघीय फोरमबाट गुन्जेश्वरी चमाईन र एमालेबाट शान्ता पाण्डेय बीच प्रतिस्पर्धा हुनेछ ।
-अन्य सदस्यमा कांग्रेसबाट काजु ताडीवान र एमालेबाट खगी सुनार छन् । 
-सदस्यहरुमा कांग्रेसबाट तेज बहादुर रायमाझी, घनश्याम मौर्य, अनुप कुमार पाण्डेय, संघीय फोरमबाट नवल किशोर पाण्डेय, बलिराम यादव र एमालेबाट कृष्ण बहादुर चौधरी रहेका छन् ।
 
कांग्रेसको जित : कांग्रेस प्यानलमा कुल १३ र एमाले प्यानलमा सात मत छ । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ हज यात्रामा गएकाले कांग्रेसको एक मत घट्नेछ । यो संगै कांग्रेसको प्यानलले जित्ने निश्चित देखिएको छ ।

२० मतदाता : निर्वाचनमा २० जना मतदाताले एक प्रमुख, एक उपप्रमुख र तीनजना खुल्ला सदस्य पदमा मतदान गर्नेछन् । जिल्ला समितिमा नौ जनाको नयाँ समिति चयन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप