केन्द्रीय संस्करण

चियापान कार्यक्रममा कलाकारलाई टिका र दक्षिणा

person explore access_timeअसोज २६, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले महान दसैँ, तिहार र छठको अवसर पारेर राजधानिमा विजयादशमीको टीकासहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले कलाकारहरुलाई टिका लगाई दिएका थिए ।

संघका उपाध्यक्ष मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा, संघका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल लगायतले कार्यक्रममा उपस्थिति रहेको थियो ।

कलाकार संघले चाडको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सबैलाई एकै ठाउमा भेला गराएर प्रशंसनीय काम गरेको उक्त अवसरमा सहभागीले बताए ।  कार्यक्रम संघको स्थापना भएको ३१ वर्ष पुगेको अवसरमा कलाकारलाई दुसैँको टिका सहित ३१ रुपैयाँ दक्षिणा पनि दिएको थियो ।
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.